मुम्बई- अरब सागरबाट विकास भई गुरातमा ल्याण्डफल भएको ‘ताउ ते’ चक्रवातका कारण भारतका धेरै राज्यहरुमा माैसम बिग्रिएकाे छ।
सामान्यतया मे गर्मी माैसम हाे। तर, अहिले ६ राज्यमा वर्षा भइरहेको छ। निरन्तर वर्षाकाे कारण तापक्रम घट्दै गइरहेकाे छ।
मौसम विभाग (आईएमडी) का अनुसार चक्रवातका दिल्ली, राजस्थान, उत्तर प्रदेश, हिमाचल प्रदेश र उत्तराखण्डमा भारी वर्षा भइरहेकाे छ।
दिल्लीमा वर्षाको १२० वर्ष पुरानो रेकर्ड तोडिएको छ। बुधबार यो ११९ .३ मिमी वर्षा भएकाे छ। जुन सन् १९०१ पछि एकै दिनमा सबैभन्दा बढी वर्षा हो।
राजस्थानमा १४ घण्टादेखि निरन्तर वर्षा भइरहेको छ। यता, केदारनाथको पहाड भूभागमा हिमपात सुरु भएकाे छ। मौसम विभागका अनुसार बंगालको खाडीमा आउने चक्रवातकाे जाेखिम अहिले पनि धेरै राज्यहरू छ।
याे चक्रवातकाे प्रभाव २२ देखि २६ मे बीचमा देख्न सकिन्छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।