काठमाडौं–परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले सात जना गैरसांसद मन्त्री नियुक्तिबारे सर्वोच्च अदालतले दिएको आदेश कार्यान्वयन गर्ने बताएका छन्।
एमाले स्थायी कमिटी बैठकपछि प्रतिक्रिया दिँदै मन्त्री ज्ञवालीले सर्वोच्चको आदेश मान्ने र कार्यान्वयन गरेर जाने बताएका हुन्।
प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको पछिल्लो मन्त्रिपरिषद् गठनमा समेटिएका सात मन्त्रीको नियुक्ति गैर संवैधानिक भएको ठहर गर्दै विहीबार सर्वोच्च अदालतले मन्त्रीको रुपमा काम नर्गन नगराउन आदेश दिएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।