काठमाडौं– गायक प्रशान्त तामाङको हृदयघातका कारण निधन भएको छ ।
चलचित्रकर्मी राजेश घतानीका अनुसार दिल्लीस्थित आफ्नै निवासमा आज निधन भएको हो । इन्डियन आइडल जितेका तामाङ नेपालमा चर्चित थिए ।
उनल गायका थुप्रै नेपाली गीत चर्चित छन् । तामाङ भारतीय टिभी रियालिटी शो इन्डियन आइडलको तेस्रो संस्करणका विजेता हुन् । उनले केही नेपाली चलचित्रमा अभिनय पनि गरेका छन् ।
उनको निधनले संगीत र चलचित्र क्षेत्रमा शोकको छायाँ लागेको छ। परिवार, कलाकार तथा प्रशंसकहरूले उनको योगदानलाई सम्झँदै श्रद्धाञ्जली दिइरहेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।