काठमाडौं –नेपाली कांग्रेसको विशेष महाधिवेशन सुरु हुँदैछ ।
पार्टीभित्र चर्को आन्तरिक विवादकाबीच काठमाडौंको भृकुटीमण्डपमा महाधिवेशन हुन लागेको हो ।
आज र भोलि हुने महाधिवेशनको उद्घाटन सत्र केहीबेरमा सुरु हुँदैछ । भोलि बन्दसत्र हुने बताइएको छ ।
शंकरदेव क्याम्पस, ललितपुरको कुपण्डोल लगायत ठाउँबाट र्यालीसहित प्रतिनिधिहरू पुगेका छन् ।
र्यालीमा सहभागी नेता तथा कार्यकर्ताहरूले नेतृत्व परिवर्तन हुनुपर्ने माग राखेका छन् ।
महाधिवेशन स्थल भृकुटीमण्डपमा हुने उद्घाटन कार्यक्रम अघि कांग्रेसले काठमाडौंको विभिन्न स्थनाबाट र्याली निकाल्न सुरु गरेका छन् । ठाउँठाउँबाट निस्किएको र्याली भृकुटीमण्डतर्फ अघि बढीरहेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।