काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले निर्वाचन आयोगमा बुझाएको समानुपातिक बन्दसूचीको नाम अद्यावधिक गराएको छ।
कुलमान घिसिङ नेतृत्वको उज्यालो नेपाल पार्टीसँगको एकता भंग भएपछि आज आयोग गरेर सूची अद्यावधिक गराएको हो।
रास्वपाले समानुपातिक तर्फको नाम निर्वाचन आयोगमा बुझाएपछि चर्को आलोचना भएको थियो। रास्वपाको बन्द सूचीमा परेका डा. रामजी राम, डा. अरनिको पाँडे, टासी शेर्पा, त्रिशला गुरुङ, आसिफ साह, सचिन ढकाल, महेन्द्र लावती, मिलन लिम्बू, सिर्जना ओली (सिर्जु), मोहना अन्सारीलगायतले नाम फिर्ता लिएको घोषणा गरेका थिए।
रास्वपाले कुलनमान घिसिङ नेतृत्वको उज्यालो नेपाल पार्टीबाट परेको नाम पनि अद्यावधिक गराउने तयारी गरेको छ। हिजो उज्यालो नेपालले रास्वपाको सहमति भंग गरेको निर्णय गरेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।