काठमाडाैं- हमासका एक वरिष्ठ अधिकारीले एक दुई दिनभित्रै गाजामा युद्धविराम हुने बताएका छन्। विगत ११ दिनदेखि इजरायल र हमास दुबैले आक्रमण जारी राखेका छन्।
गाजाको स्वास्थ मन्त्रालयका अनुसार हिंसामा परेर गाजामा एक सय महिला र बालबालिकासहित कम्तिमा २ सय २७ जनाले ज्यान गुमाइसकेका छन्। यता, इजरायलमा दुई बालबालिकासहित १२ व्यक्तिको मृत्यु भएको छ। इजरायलले भनेका छ गाजातर्फबाट ४ हजारभन्दा बढी रोकेट प्रहार गरिएकाे छ।
‘मलाई लाग्छ युद्धविरामसम्बन्धी चलिरहेको प्रयास सफल हुनेछ’ हमासका राजनीतिक अधिकारी मौसा अबु मर्जुकले लेबनानको अल–मयादीन टिभीलाई भने,‘मलाई आशा छ एक वा दुई दिन भित्र युद्धविराम हुनेछ र यो युद्धविराम आपसी सहमतिको आधारमा हुनेछ।’
इजरायल र प्यालेस्टाइनबीचको दुश्मनी अन्त्य गर्न अन्तर्राष्ट्रिय शक्तिले दबाब दिरहेको बेला यो भनाइ आएको हो
एक इजिप्टेली सुरक्षा स्रोतले रोयटर्स समाचार एजेन्सीलाई भन्यो,‘ मध्यस्थकर्ताहरूको सहयोग पछि दुबै पक्षले युद्धविराममा सैद्धान्तिक रूपमा सहमति गरेका थिए। तर, वार्ता भैरहेको छ।’
तर, इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले भने युद्धविराम गर्ने कुनै संकेत दिएका छैनन्।
नेतान्याहूले बुधबार भनेका छन्, ‘इजरायली नागरिकका लागि शान्ति र सुरक्षा बहाल राख्न उनीहरुसँगै काम गर्न कटिबद्ध छौं।’
बिहीबार बिहान गाजामा हमासलाई लक्षित गरेर इजरायलले १ सय पटकभन्दा धेरै हवाइ हमला गरेको छ। त्यस्तै, हमासले पनि रकेटमार्फत जवाफ फर्काइरहेको छ।
पूर्वी जेरुसेलमस्थित अल अक्सा मस्जिद परिसरमा प्यालेस्टाइनी प्रदर्शनकारी र इजरायली प्रहरीबीच निकै दिनदेखि जारी भिडन्त पश्चात हमास लडाकूले जेरुसेलमलाई लक्षित गरी लामो दूरीका क्षेप्यास्त्र प्रहार गरेपछि इजरायलले हमास विरुद्ध कारबाही थालेको थियो ।
अल अक्सा मस्जिद परिसरमा प्रहरीको दमनका साथै यहूदीहरुले दर्जनौं प्यालेस्टिनी परिवारलाई विस्थापित गर्न खोजेपछि परिस्थिति अझ जटिल बनेको थियो ।
गाजालाई नियन्त्रण गर्ने हमासले इजरायली प्रहरीलाई उक्त स्थानबाट हट्न चेतावनी दिरहेकाे छ। तर, इजरायलले उक्त स्थान आफ्नाे पनि भएकाे भन्दै रकेट आक्रमण गर्दै आएकाे छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।