काठमाडौं– सयुक्त राष्ट्र संघअन्तर्गतका निकायले मध्यपूर्वमा युद्धविराम गर्न आग्रह गरेका छन्। संघअन्तर्गतको बालबालिकासम्बन्धी कोष युनिसेफले त्यहाँका बालबालिकाको सुरक्षाका लागि भन्दै युद्धविराम गर्न गर्न आग्रह गरेको हो।
मध्यपूर्वमा जारी हिंसाका क्रममा त्यहाँका लाखौँ बालबालिका असुरिक्षत भएका र उनीहरुको अवस्था नाजुक भएको भन्दै युनिसेफले उक्त आग्रह गरेको हो।
गाजामा जारी हिंसाले बालबालिकाको अवस्था दिनानुदिन गम्भीर भएको भन्दै युनिसेफका प्रमुखले सो आग्रह गरेका हुन्। साथै, उक्त क्षेत्रमा युद्धविराम गरी शान्तिपूर्ण रुपमा समस्याको समाधान खोज्न पनि उनले आग्रह गरेको समाचारहरुमा उल्लेख छ।
सयुक्त राष्ट्रसंघीय बालबालिका सम्बन्धी कोषका कार्यकारी निर्देशक हानरिता फोरले यो हिंसाले यहाँका परिवारहरु मारिएका र घरबारबिहीन भएका जसका कारण यहाँका नागरिकमा परेको समस्याको असर बालबालिकामा परेको बताउनुभएको छ।
प्यालेस्टाइनीको अधिनमा रहेको गाजा क्षेत्रका ठूलो संख्याका बालबालिका समस्यामा परेको युनिसेफको भनाइ छ।
गाजा क्षेत्रमा बढ्दो हिंसाका कारण यहाँका कम्तीमा दश लाख बालबालिकामा प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा युद्धको असर परिरहेको बताइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।