काठमाडाैं- नेपाली कांग्रेसले मौनअवधि सुरु भएपछि प्रधानमन्त्रीले मत माग्नु आचारसंहिता विपरीत भएकाे बताएकाे छ।
प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रियसभा उपनिर्वाचनको मौन अवधिमासमेत रामबहादुर थापाको पक्षमा मत माग्नु आपत्तिजनक रहेको भन्दै कांग्रेसले कारबाही गर्न निर्वाचन आयोगसँग माग गरेको छ।
‘आचारसंहिता विपरीत कसैले पनि निर्वाचनमा काम कारबाही र क्रियाकलाप गर्न पाइँदैन। निर्वाचन आचारसंहिता विपरीत काम गर्नेहरूलाई आवश्यक कारबाही गर्न निर्वाचन आयोगसँग माग गर्दछौं,’ प्रमुख सचेतक बालकृष्ण खाँडले भने।
बागमती प्रदेशमा राष्ट्रियसभा उपनिर्वाचन भोलि हुँदैछ। त्यसको अघिल्लो दिन नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री ओलीले बादलको पक्षमा मत माग्दै वक्तव्य निकालेका थिए ।
यस्तै, उनले कोरोनाको उपचारसँग सम्बन्धित उपकरण, स्वास्थ्य सामग्री, औषधि र भ्याक्सिन खरिदमा भएको अनियमिततामा संलग्नहरुलाई कारबाही गर्न माग गरेका छन्।
‘मानवीय संवेदनासँग जोडिएका स्वास्थ्य सामग्री खरिद गर्दा भएको अनियमितता गर्नेहरूलाई कारबाही गर्नुपर्छ भन्ने हाम्रो माग छ,’ सचेतक खाणले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।