काठमाडाैं- गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङको राजनीतिक सल्लाहकारमा भीष्म अधिकारी नियुक्त भएका छन्।
अधिकारी लमजुङ दुराडाँडाका हुन् । उनी हाल काठमाडाैं बस्दै आएका थिए। दोश्रो संविधान सभामा उनी एमालेबाट समानुपातिक सांसद पनि भएका थिए।
एमालेको नवौं महाधिवेशनमा उनी केन्द्रीय सदस्यमा पराजित भएका थिए। बुधबार बसेको मन्त्रिपरिषद्को पहिलो बैठकले उनलाई मुख्यमन्त्रीको राजनीतिक सल्लाहकार नियुक्त गर्ने निर्णय गरेको हो।
यसअघि गोविन्द नेपाली मुख्यमन्त्रीको राजनीतिक सल्लाहकार थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।