लुम्बिनी प्रदेश प्रमुखको कक्षमा विपक्षी दलका सांसदहरु। फाइल तस्वीर।
काठमाडौं- लुम्बिनी प्रदेश सभामा प्रतिनिधित्व गर्ने विपक्षी दलहरूले प्रदेश प्रमुख र मुख्यमन्त्रीविरुद्ध अदालत जाने निर्णय गरेका छन्।
बुधबार बसेको विपक्षी चार दलहरूको बैठकले प्रदेश प्रमुख धर्मनाथ यादव र मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध सर्वाेच्च अदालत जाने निर्णय गरेको हो।
प्रदेश प्रमुख यादवले मुख्यमन्त्रीमा पुन: शंकर पोखरेललाई नियुक्त गर्नु संविधानको मर्म र भावना विपरीत भएको ती दलको निष्कर्ष छ।
संसद्मा पोखरेलको बहुमत नभएको भन्दै विपक्षी गठबन्धनले अविश्वासको प्रस्ताव पुन: दर्ता गराएका थिए। सदन बोलाउन विपक्षी दलले गरेको माग समेत प्रदेश प्रमुखबाट सुनुवाइ नभएपछि उनीहरू न्यायका लागि सर्वाेच्च जाने निर्णयमा पुगेका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।