एजेन्सी– भारतमा हप्तौंपछि एक दिनमा तीन लाख भन्दा कम कोरोना संक्रमित भेटिएका छन्। पछिल्लो २४ घन्टामा भारतमा थप २ लाख ८१ हजार ३ सय ८६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
पछिल्लो २५ दिनमा पहिलो पटक एक दिनमा तीन लाख भन्दा कम संक्रमित भेटिएका हुन्।
तर कोरोनाका कारण मर्नेको संख्या ४ हजार १६ अर्थात दैनिक ४ हजार भन्दा माथि नै रहेको छ।
भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा ३ लाख ७३ हजार ७ सय ४१ जना कोरोना संक्रमण मुक्त भएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।