काठमाडाैं- इजरायलले गाजापट्टीमा एक सातायताकै सबैभन्दा ठूलाे आक्रमण गरेको छ। आइतबार इजरायलले गरेकाे आक्रमणमा परी कम्तिमा ४२ प्यालेस्टाइनीको मृत्यु भएको छ अलजजिराले जनाएकाे छ। घटनामा दर्जनौ नागरिक घाइते भएका छन्।
समाचारमा उल्लेख भएअनुसार दुईवटा आवासीय भवन ध्वस्त भएका छन्। हमासका प्रमुख येया अल सिन्वारको घरलाई पनि निशाना बनाएर आक्रमण गरिएको यस समूहले जनाएको छ।
गत साता इजरायलको गाजापट्टीमा ५५ बालबालिका र ३३ महिलासहित कम्तिमा १ सय ८८ जनाको मृत्यु भएको थियो। १ हजार २ सयभन्दा धेरैजना घटनामा घाइते भएका छन्। त्यस्तै आफ्नो कब्जामा रहेको वेस्ट बैंकमा इजरायली सेनाले कम्तिमा १३ जना प्यालेस्टाइनीलाई मारिसकेको छ।
इजरायलमा पनि दुई बालबालिकासहित १० जनाको मृत्यु भएको छ।यद्यपि इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले आइतबार सम्पूर्ण बल प्रयोग गरेर आक्रमण जारी राख्ने घोषणा गरेका छन्।
यता, इजरायलको तेल अभिभमा हमासको रकेट हमलाबाट बच्न स्थानीयहरु आश्रयस्थलमा भेला भएका छन्। रकेटको आगोको झिल्का शहरमा फैलिएपछि स्थानीय त्रस्त बनेका हुन्।
सन् २०१४ यता इजरायल र प्यालेस्टाइनबीच यति लामो समयसम्म युद्ध चलेको यो पहिलोपटक हो। यस तनावका विषयमा आइतबार संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्को बैठकमा छलफल हुँदैछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।