काठमाडाैं- ताइवानका राष्ट्रपति साई इङ–वेनले मुलुकमा अत्यावश्यक सामानको कुनै अभाव नरहेकाे बताएकी छिन्। त्यसैले धेरै सामान किनेर नराख्न उनले आग्रह गरेकी छिन्।
गत वर्ष ताइवानमा कोरोना महामारीले खासै प्रभाव पारेकाे थिएन। यद्यपि, सरकारले ताइपे र वरपरका क्षेत्रमा कडा प्रतिबन्ध लगाएको छ। गत आइतबार राजधानी ताइपेईमा २०६ संक्रमित फेला परेकाे थियाे।
राष्ट्रपति वेनलेले भनिन्, 'देशमा ईन्स्टन्ट नूडल्स र ट्वाइलेट पेपर जस्ता सबै आवश्यकता सामग्री धेरै स्टक छ, त्यसैले आवश्यकभन्दा बढी खरिद गर्न हुन्न।'
उनले यसवर्ष सरकारले सबै तयारी गरेकाे समेत जानकारी दिइन्। 'हामीले एक वर्षको लागि तयारी गरिसकेका छौं र देशमा कोरोनासँग लड्न सबै आवश्यक वस्तुहरू उपलब्ध छन्। राशन पनि प्रशस्त मात्रामा उपलब्ध छ। पसलहरू पनि खुला रहनेछन्,' उनले भनिन्।
उनको मानिसहरूलाई घरमै बस्न र घरबाट बाहिर निस्कँदा मास्क लगाउन आग्रह गरेकी छिन्।
ताइवानमा काेराेना भाइरसकाे फैलावट रोक्न यस हप्तासम्म कडा प्रतिबन्ध लगाइएको छ। यसैले धेरै सामान किन्न सुपरमार्केटमा खचाखच हुन थालेकाे छ। एकै व्यक्तिले आवश्यकभन्दा बढी सामान किन्दा धेरै पसलमा सामान सकिएकाे छ।
धेरै सुपरमार्केटहरूले दुईभन्दा बढी आवश्यक बस्तुहरु खरिद गर्न पनि प्रतिबन्धित गरिएकाे छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।