ढाका- बंगलादेशमा कोरोना महामारी नियन्त्रणका लागि घोषणा गरिएकाे लकडाउन मे २३ सम्म लम्ब्याइएकाे छ।
बंगलादेशको मन्त्रीपरिषद् कार्यालयले आइतबार एक परिपत्र गर्दै पछिल्लो निर्णय घोषणा गरेको हो।
दोस्रो लहरको काेराेनाविरूद्ध लड्न बंगलादेशले पहिलो पटक अप्रिल १४ देखि अप्रिल २१ सम्म लकडाउन घोषणा गरेको थियो।
आठ दिनको लकडाउनलाई विभिन्न चरण गरी मे १६ अर्थात् आइतबारसम्म लम्ब्याइएकाे थियो।
पछिल्लो परिपत्र अनुसार राजस्व संकलनसम्बन्धि कार्यालय र संस्थालाई लकडाउनको दायरामा राखिएको छैन। यस अवधिमा होटल र रेष्टुरेन्टहरूले उक्त अवधिमा आफ्ना सेवालाई ग्राहकसम्म पुर्याउन वा अनलाइन सेवाहरू प्रदान गर्न पाउने छन्।
देशको स्वास्थ्य सेवा महानिर्देशालयका अनुसार पछिल्लो २४ घण्टामा ३६३ व्यक्तिमा संक्रमण पुष्टि भएको छ भने २५ को मृत्यु भएको छ।
यससँगै बंगलादेशमा १२ हजार १४९ काेराेना संक्रमितकाे मृत्यु भएको छ भने सात लाख ८० हजारभन्दा बढी संक्रमित रहेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।