काठमाडाैं- ह्याकरले माग गरेकाे बुझाएपछि अमेरिकामा पेट्रोलियम पदार्थ आपूर्ति गर्ने सबैभन्दा ठूलो पाइपलाइन प्रणालीको रुपमा रहेको कोलोनियल पाइपलाइन पुन: सञ्चालनमा आएकाे छ।
कोलोनियल पाइपलाइन ह्याक गर्ने ह्याकर समूह डार्कसाइडलाई कोलोनियल कम्पनीले ५ लाख डलर फिरौती भुक्तानी गरेसँगै उक्त पाइपलाइन प्रणाली पुनः सञ्चालनमा आएकाे हाे।
बीबीसीका अनुसार कोलोनियल पाइपलाइनमाथि गत हप्ता साइबर आक्रमण भएको थियो। जसका कारण पाँच दिनसम्म प्रणाली बन्द हुँदा अमेरिकाका विभिन्न ठाउँमा डिजेल, पेट्रोल तथा हवाई इन्धनको आपूर्ति प्रभावित भएको थियो।
कोलोनियल पाइपलाइन अमेरिकामा प्रशोधित पेट्रोलियम पदार्थ आपूर्ति गर्ने सबैभन्दा ठूलो पाइपलाइन प्रणाली हो।
यो पाइपलाइन ८ हजार ९ सय किलोमिटर लामो छ र यसले आम रुपमा पूर्वी तटीय क्षेत्रमा हरेक दिन २५ लाख ब्यारेल तेल आपूर्ति गर्दछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।