दिल्ली- भारतकाे दिल्ली राज्य सरकारले १५ दिनमै ५ सय आईसीयू बेडको उपचार केन्द्र निर्माण गरेको छ।
दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले सामाजिक सञ्जाल ट्वीटरमा उक्त कुराकाे जानकारी दिएका हुन्। आईसीयू बेडको अभाव कम गर्न रामलीला मैदानमै अस्थायी अस्पताल निर्माण गरिएको हो।
उनका अनुसार २५० बेड शनिबारदेखि सञ्चालन भएको छ भने दुई दिनपछि बाँकी २५० बेड पनि सञ्चालनमा ल्याउने तयारी भइरहेकाे छ।
‘अस्पताल निर्माण गर्न सफल भएकोमा म कामदार, इन्जिनियर र डाक्टरहरुलाई सलाम गर्न चाहन्छु,’ केजरीवालले शुक्रबार ट्वीटरमा भने।
केजरीवालले अब दिल्लीमा अक्सिजन, बेड र आईसीयूको कमी नहुने दाबी गरेका छन्। उनका अनुसार गत मंगलबारदेखि गुरु तेजबहादुर अस्पतालमा थप ५ सय आईसीयू बेड सञ्चालनमा ल्याइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।