काठमाडाैं- चीनले आफ्नो भूमिबाट चोमोलोङ्मा (सगरमाथा) आरोहणमा अस्थायी रुपमा रोक लगाएको छ। नेपालतर्फको आधारशिविरमा केही आरोहीमा संक्रमण देखिएपछि चीनले उच्च सावधानी अपनाउँदै उत्तरी मोहडाबाट हुने आरोहण स्थगित गरेको हो।
चिनियाँ सरकारी निकायले शुक्रबार एक सूचना जारी गर्दै सगरमाथा आरोहणको अनुमति बन्द गरिएको जानकारी दिएको छ। चीनले यो सिजन ३८ जनालाई चिनियाँ मोहडाबाट सगरमाथा आरोहणको अनुमति दिएकाे थियाे। सिन्ह्वाका अनुसार २१ चिनियाँ आरोहीहरु उत्तरी क्षेत्रबाट सगरमाथा चढ्ने तर्खरमा थिए।
दुबै देशहरूले काेराेना महामारीको कारणले गत वर्ष सगरमाथा आरोहणको लागि अनुमति दिएकाे थियाे। यस वर्ष नेपालले ४०८ विदेशीलाई पर्वतारोहण गर्न अनुमति दिसकेकाे छ।
सगरमाथाको बनोट सालाखाला त्रिकोण पिरामिड भएकोले यसका तीन वटा मोहडा छन्। दक्षिण मोहडा नेपालको हो र त्यहाँ चढ्न अरु मोहडाभन्दा सजिलो मानिन्छ– बेसक्याम्प र खुम्बु आइसफलदेखि वेस्टर्न कुम हुँदै साउथ समिट अनि चुचुरोसम्म।
बाँकी दुई मोहडा भने तिब्बत/चीनपट्टि पर्दछन्। पूर्वी मोहडाको नाम हो काङ्गशुङ फेस, जो काङ्गशुङ हिमनदीहुँदै खार्ता उपत्यका झर्दछ। यो मोहडाबाट सगरमाथा चढ्न सबभन्दा खतरनाक मानिन्छ। उत्तरी मोहडालाई नर्थ फेस भनिन्छ।
यद्यपि काेराेना महामारीका कारण चीनले सगरमाथामा पुग्नुभन्दा पहिले छुट्टिने लाइन बनाएकाे छ। उनीहरुले नेपालतर्फबाट चढ्ने आराेहीलाई भेट्न पाउने छैनन्।
संक्रमणबाट जोगिनको लागि सामाजिक दूरी लगायतका नियम लागु गर्ने निर्णय गर्दै चीनले आरोहण खुला गरेकाे थियाे।
चिनियाँ मोहडाबाट चढ्ने अनुमति लिन पीसीआर परीक्षणको नेगेटिभ रिपोर्ट बुझाउनुपर्ने नियम छ।
चीनबाट जाने आरोहीलाई सरकारले तापक्रम मापन गर्ने, अक्सिजन, मास्कर उपलब्ध गराउने र निसंक्रमित तुल्याउने निर्णय पनि गरेकाे थियाे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।