काठमाडौं– चीनले अन्तरिक्ष यानलाई अन्तरिक्षमा पठाएको छ। यसको रोबोटिक जाँच चन्द्रमा र त्यसको पछाडि गरिएको छ।
शनिबार विहान यो यान मंगल ग्रहमा उतारिएको छ। अन्तरिक्ष कार्यक्रमको यो कठिन अपरेसन कयौं पटक विफल भएको थियो।
चिनियाँ सरकारी सञ्चार माध्यम ग्लोबल टाइम्सले मंगल ग्रहको सतहमा यान अवतरणको भिडियो सार्वजनिक गरेको छ।
न्यूयोर्क टाइम्सले चीनले सफतापूर्वक झुरोंग रोबरलाई मंगल ग्रहमा अवतरण गराएको जनाएको छ।
फेब्रुअरीमा मंगल ग्रहमा पुगेर ग्रहको परिक्रमा गरेपछि चीनको अन्तरिक्ष कार्यक्रमले सौर्य मण्डलको खोजमा आफ्नो स्थान पुष्टि गरेको थियो।
चीनको राष्ट्रिय अन्तरिक्ष प्रशासनले १५ मेको विहान मंगल ग्रहमा यान अवतरण गर्ने घोषणा गरेको थियो।
तियानवेन–१ मिसन पृथ्वीबाट जुलाईको अन्तिममा छोडिएको थियो। मंगल ग्रह र पृथ्वी नजिक हुने समयको लाभ उठाउँदै उक्त यान छोडिएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।