दिल्ली- भारतमा दैनिक काेराेना संक्रमण पुष्टि हुनेको संख्याभन्दा निको हुनेको संख्या बढी भएको सरकारले जनाएकाे छ।
केन्द्रीय स्वास्थ्य मन्त्रालयले शुक्रबार दिएकाे जानकारी अनुसार मुलुकभर दैनिक संक्रमित हुनेको संख्या तेस्रो दिन पनि संक्रमितकाे संख्याभन्दा बढी देखिएको हो।
शुक्रबार ३ लाख ४४ हजारभन्दा बढी व्यक्ति कोरोनाबाट संक्रमणमुक्त भएका छन्।
विगत चारयता संक्रमितको संख्या लगातार निको हुनेकोभन्दा कम आउनुले संक्रमण दर कम हुँदै जाने विश्वास स्वास्थ्य विज्ञहरूले लिएका छन्। दश राज्यमा निको हुनेको संख्या ७१.१६ प्रतिशत रहेको मन्त्रालयले देखाएको छ।
कोरोना महामारी शुरु भएयता भारतमा कूल संक्रमित दुई करोड ४० लाखमध्ये दुई करोड ७९ हजार व्यक्ति संक्रमणमुक्त भएका छन्। मन्त्रालयका अनुसार भारतमा हाल ३७ लाख व्यक्ति सक्रिय संक्रमित अवस्थामा छन्।
मन्त्रालयका अनुसार कोभिडबाट पछिल्लो २४ घण्टामा तीन लाख ४३ हजार व्यक्ति संक्रमित भएका छन्।
भारतमा गत बुधबार एकै दिन चार हजार २०५ जनाको संक्रमणबाट ज्यान गएको थियो। बिहीबार पनि चार हजार १२० जनाको मृत्यु भएको थियो। भारतमा कोरोना संक्रमणबाट हालसम्म दुई लाख ६२ हजार ३१७ जनाको मृत्यु भइसकेको छ।
भारत विश्वमै तेस्रो सर्वाधिक प्रभावित मुलुक हो। पहिलो सर्वाधिक असर परेको संयुक्तराज्य अमेरिकामा हालसम्म पाँच लाख ९८ हजार तथा दोस्रो सर्वाधिक असर परेको मुलुक ब्राजिलमा चार लाख ३० हजारको मृत्यु भइसकेको छ।
गत जनवरीबाटै खोप अभियान शुरु गरेको भारतमा हालसम्म १७ करोड ९३ लाख व्यक्तिलाई खोप लगाइएको छ। भारतीय स्वास्थ्य अनुसन्धान परिषदका अनुसार भारतभर ३१ करोड १३ लाख कोभिड नमुना परीक्षण गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।