काठमाडौं - भारतमाथि लगाइएकाे हवाई प्रतिबन्ध अष्ट्रेलियाले फुकुवा गरेकाे छ।
काेराेना महामारीकाे दाेस्राे लहर शुरु भएसँगै अष्ट्रेलियाली सरकारले भारतबाट हुने उडानमा अस्थायी प्रतिबन्ध लगाएकाे थियाे।
उक्त प्रतिबन्ध मे १४ को मध्यरातदेखि फुकुवा हुने प्रधानमन्त्री स्कट मोरिसनले बताए। 'आज मध्यरातदेखि भारतबाट अष्ट्रेलियाको लागि हुने उडानमा लगाइएको अस्थायी प्रतिबन्ध अन्त्य भएको छ,' अष्ट्रेलियाका प्रधानमन्त्री मोरिसनले फेसबुकमा लेखेका छन्।
अष्ट्रेलियाली सरकारले भारतलाई काेराेना सुरक्षाका लागि गरेको आग्रह अनुसार गर्ने भारतीय पक्षको आश्वासनपछि उडानलाई पुनः सञ्चालनमा ल्याइने भएको हो। यसका लागि उडानपूर्व काेराेना नियन्त्रणका लागि अपनाउनुपर्ने नियमको कडा रूपमा पालना गर्नुपर्नेछ।
भारतमा काेराेना संक्रमित बढेपछि मे ३ देखि उडानमा प्रतिबन्ध लगाइएको थियो। अष्ट्रेलियाले १४ दिन पहिले भारतमा रहेका आफ्ना नागरिकसमेत सरकारको निर्देशन विपरित अष्ट्रेलिया गएमा उनीहरूले संक्रमण रोग नियन्त्रण नियम अनुसार जेल वा जरिवाना तिर्नुपर्ने बताइएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।