काठमाडाैं- चीनले उत्तर कोरियालाई करिब पाँच सय ८७ टन प्रशोधित इन्धन उपलब्ध गराएको छ।
उत्तर कोरिया मामिला सम्बन्धी राष्ट्रसंघीय समितिका अनुसार मार्च महिनामा चीनले चार हजार ८९३ ब्यारेल तेल उपलब्ध गराएको हाे।
उत्तरतर्फ मार्चमा चीनले निकासी गरेको इन्धन वर्षको एक प्रतिशत मात्र हो ।
गत वर्ष सेप्टेम्बरमा प्रकाशित प्रतिवेदन प्रकाशन गरेयता चीनले उत्तरलाई मासिक इन्धन निकासीका बारेमा जानकारी गराएको छैन ।
संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्को २०१७ को प्रस्तावमा उत्तरले वार्षिक पाँच लाख ब्यारेल अर्थात् ६० देखि ६५ हजार टन प्रशोधित इन्धन आयात गर्न पाउँछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।