दिल्ली- भारतकाे दिल्ली राज्य सरकारले कोरोना संक्रमणबाट अभिभावक गुमाएका बालबालिकालाई नि:शुल्क शिक्षा दिने भएकाे छ।
मुख्यमन्त्री अरविन्द केजरीवालले शुक्रबार कोरोना संक्रमणबाट अभिभावक गुमाएका बालबालिकालाई नि:शुल्क शिक्षा दिने घाेषणा गरेका हुन्। बिशेषगरी याे सुविधा घरमा एकमात्र कमाउने व्यक्तिको मृत्यु भएका परिवारले प्राप्त गर्न सक्ने उनले बताए।
'पछिल्ला केही दिनमा अथक प्रयासका बाबजुद् धेरैजसो परिवारमा एकभन्दा धेरैको मृत्यु भएको छ। मलाई थाहा छ, कयौं बालबालिकाहरूले आफ्ना दुबै अभिभावक गुमाएका छन्। म छु यहाँ, दिल्ली सरकारले शिक्षा र बसोबासको सबै खर्च व्यहोर्छ,' उनले भने,'त्यहाँ कयौं वृद्धवृद्धाहरू पनि छन् जसले कमाइरहेका आफ्ना सन्तान गुमाए। चिन्ता नगर्नुस्, तपाईंको छोरा अझै जिवित छ।'
डिजिटल प्रेस सम्मेलनलाई सम्बोधन गर्दै केजरीवालले लामो समय पछि दैनिक काेराेना केश १० हजारभन्दा तल झरेकाे छ र विगत २४ घण्टामा साढे ८ हजार संक्रमित फेला परेकाे जानकारी दिए। उनका अनुसार संक्रमणदर १२ प्रतिशत रहेकाे छ।
विगत १० दिनमा भनेका झण्डै ३ हजारभन्दा बढी संक्रमणमुक्त भएर गइसकेकाे जानकारी दिए। अहिले ति कोभिड-१९ बेडहरु खाली छन् तर आईसीयू बेडहरू खाली नरहेकाे उनले बताए।
गम्भीर काेराेना संक्रमितहरुकाे उपचारका लागि करिब १२ सय आईसीयू बेडहरू तयार रहेकाे उनले जानकारी दिए। उनका अनुसार दुई रामलीला मैदान र १० वटा राधा सोमी क्याम्पसमा बेड बनाइएकाे छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।