काठमाडाैं- इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले गाजाका हमास नेतृत्वसँगको लडाइँ अन्त्यका लागि ‘समय लाग्ने’ बताएका छन्।
गाजामा हमासविरुद्ध इजरायलको हवाई हमला तत्काल अन्त्य गर्न सम्भब नरहेकाे उनकाे भनाइ छ।
'यसले समय लिनेछ तर, दुवै रक्षात्मक आक्रमणलाई जारी राखेको अवस्थामा – इजरायलमा शान्ति पुनः स्थापना गर्ने क्रममा हामी छिट्टै हाम्रो लक्ष्य प्राप्त गर्नेछौं,' इजरायल डिफेन्स फोर्ससँग छलफल गरेपछि बिहीबार उनले पत्रकारहरुलाई भने।
स्थलगत कारबाहीको तयारीको विभिन्न चरणमा गाजा पट्टी र इजरायलको बिचमा छुट्टिएको सीमानाको विभिन्न स्थानमा युद्धक सेना अघि बढेको समेत उनले जानकारी दिए।
'सेनाले ती तयारीहरूको निरीक्षण गर्दैछ र निर्देशन दिइरहेको छ,' उनले भने। विगत चार दिनदेखि भएका आक्रमणमा बिहीबारसम्ममा १३ बालबालिकासहित ८३ प्यालेस्टाइन र सात इजरायलीको मृत्यु भएको छ भने तीन हजार बढी घाइते भएका छन्।
इजरायलको केही क्षेत्रहरुमा यहुदी र अरबी मुसलमानहरु बसोबास गर्दछन्। उनीहरुबीच पनि हिंसा मच्चिएको बताइएको छ। इजरायली प्रहरीका अनुसार बुधबारको हिंसापछि ३७४ मानिसलाई गिरफ्तार गरिएको छ। ३६ प्रहरी घाइते भएको बताइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।