काठमाडाैं- हैदराबादस्थित भारत बायोटेक कम्पनीले कोरोनाविरूद्धको खोप उत्पादन गर्न अन्य कम्पनीलाई स्वागत गर्ने जनाएको छ।
कम्पनीले कोभ्याक्सिनको उत्पादनलाई बढाउन अन्य खोप निर्माण कम्पनीले अनुमति पाउने जनाएकाे छ।
यद्यपि, खोप उत्पादन गर्दा ‘बायोसेफ्टी लेभल–३’ ल्याबमा उत्पादन गर्नुपर्ने शर्त राखेको छ।
'ब्यवस्थित ल्याबले उत्पादनका लागि छलफल गर्न चाहेमा यस हामी स्वागत गर्दछौँ। सबैलाई होइन सुरक्षा तहको प्रत्याभूत गर्नसक्ने कम्पनी तथा ल्याबलाई खोप उत्पादनमा सहकार्यका लागि बायोटेक स्वागत गर्दछ,'नीति आयोगका सदस्य डा भी.के. रावलले।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।