काठमाडाैं- साउदी अरबमा प्रबेश गर्दा तोकेको खोप नलगाएको ब्यक्तिले १५ दिन अनिवार्य क्वारेन्टिन बस्नुपर्ने भएको छ। सरकारले चीनको खोप लगाएका पाकिस्तानलगायतका एशियाली नागरिकलाई साउदी अरब पुग्दा अनिवार्य क्वारेन्टिन बस्नुपर्नेछ।
साउदीले फाइजर, अक्सफोर्ड, मोडेर्ना र जोनसन एण्ड जोन्सनको कोरोना खोपहरू प्रयोग गर्नका लागि राज्यले अनुमति दिएको छ भने अन्य खोपलाई मान्यता नदिने निर्णय गरेको छ।
आफ्नो मुलुकमा प्रवेश गर्नका लागि खोप लगाएको हुनुपर्ने र यदि खोप नलगाएको वा साउदी अरबले तोकेको कम्पनीको खोप नलगाएका मुलुकबाट साउदी जाँदा अनिवार्य क्वारेन्टिन बस्नुपर्ने प्राबधानले पाकिस्तानी यात्रुलाई साउदी अरब प्रवेशमा असहज हुने भएको छ।
'बिहीबार साउदी अरबले सिफारिश खोपहरूको एक सूची जारी गरेको छ जसमा चीनमा निर्मित खोप समावेश छैन। यसको अर्थ चीनमा निर्मित खोप लगाए पनि यो सिफारिस गरिएको खोप नभएकोले पाकिस्तानी यात्रुहरूले साउदी अरबमा अनिवार्य १५ क्वोरन्टिन अवधि बस्नुपर्ने छ,' पाकिस्तानी पत्रिका ‘द न्युज इन्टरनेसनल’ ले जनाएको छ।
क्वारेन्टिन बस्दाको खर्च यात्रुले आफैं भुक्तान गर्नुपर्ने पनि साउदीले राखेको नयाँ प्राबधानमा उल्लेख छ।
धेरै जसो पाकिस्तानीहरूलाई चीनमा निर्मित कोरोना खोप लगाइएको छ। यो पाकिस्तानबाहेकका मुलुकका लागि पनि लागु हुनेछ र प्रस्तावित सर्तहरू मे २० देखि नै लागू गरिनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।