काठमाडाैं- स्वास्थ्यमन्त्री ग्रेग हन्टले अस्ट्रेलियाले आयात गरेकाे खाेप बढी भए अन्य देशलाई अनुदानमा उपलब्ध गराउने बताएका छन्।
उनका अनुसार अस्ट्रेलियाले नोभाभाक्ससँग पाँच करोड १० लाख डोज खोप खरिद गर्न सम्झौता गरेको छ। उक्त खाेप यसैवर्ष आपूर्ति हुने बताइएकाे छ।
यस्तै, अस्ट्रेलियाले अमेरिकी औषधि निर्माता कम्पनी मोडर्नासँग दुई करोड ५० लाख खोप किन्न सम्झौता गरेको छ।
सम्झौतामा पहिलो चरणमा यही सन् २०२१ भित्र मोडर्नाले एक करोड डोज खोप आपूर्ति गर्नेछ भने अर्को वर्ष सन् २०२२ मा एक करोड ५० लाख डोज आपूर्ति गरिने उल्लेख छ।
'सरकारले सबै नागरिकलाई खाेप लगाउने लक्ष्य लिएकाे छ। यदी आयात गरेकाे खाेप बढी भयाे भने अन्य मुलुकलाई अनुदान स्वरुप दिन सकिन्छ,' उनले भने।
अस्ट्रेलियामा गत फेब्रुअरीदेखि खोप अभियान शुरु भएको थियो। सरकारले मार्चको अन्त्यसम्ममा ४० लाख खोप लगाउने योजना बनाएको थियो। तर, खोप आपूर्तिमा भएको ढिलाईका कारण २८ लाख डोज मात्र लगाइएको थियाे।
अस्ट्रेलियामा काेराेना संक्रमणबाट हालसम्म ९१० जनाको मात्र ज्यान गएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।