मुम्बई- भारतको महाराष्ट्र सरकारले राज्यमा प्रवेश गर्न पीसीआर रिपोर्ट नेगेटिभ आएकाे प्रमाण अनिवार्य पेश गर्न आग्रह गरेको छ।
कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि बिहीबार सरकारले सूचना जारी गर्दै जुनसुकै सवारीसाधनबाट महाराष्ट्र प्रवेश गर्नेलाई अनिवार्य पीसीआर रिपोर्ट नेगेटिभ भएकाे प्रमाण पेश गर्न आग्रह गरेकाे हाे।
यस्तै सरकारले बिहीबार जुन १ सम्मको लागि लकडाउन लम्ब्याउने निर्णय गरेको छ। यसअगाडि घाेषणा गरिएकाे लकडाउन मे १५ मा सकिँदै थियाे।
बुधबारमात्रै महाराष्ट्रमा ३० हजार बढी सक्रिय संक्रमित थिए। महाराष्ट्र सबैभन्दा धेरै संक्रमित भएको राज्यमध्ये एक हो।
यद्यपि, केन्द्रीय स्वास्थ्य मन्त्रालयको तथ्यांक अनुसार महाराष्ट्रमा बुधवार ३० हजारभन्दा बढी सक्रिय संक्रमित घटेका छन्। राज्यको दैनिकवृद्धिदर पनि राष्ट्रिय औसत आधा हो र यो ०.८ प्रतिशत रहेको बताइन्छ।
'महाराष्ट्रको काेराेना संक्रमण वृद्धिदर देशको दैनिक वृद्धिदरको आधा मात्र हो। देशको १. ४ प्रतिशतको दरको तुलनामा महाराष्ट्रको दैनिक वृद्धिदर ०.८ प्रतिशत छ। महाराष्ट्रले दैनिक करिब २ लाख परीक्षा गरिरहेकाे छ। यो हाम्रोलागि राम्रो संकेत हो,' पीटीआईलाई स्वास्थ्यमन्त्री राजेश टोपेले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।