काठमाडाैं- कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि भारतको विहार राज्यमा मे २५ सम्मका लागि लकडाउन लम्ब्याइएको छ।
बिहीबार मुख्यमन्त्री नितिश कुमारले ट्विट गर्दै विहारमा १० दिन लकडाउन लम्ब्याउने निर्णय गरेको जानकारी दिएका हुन्।
याेसँगै विहारमा आउँदो १० दिन अर्थात् १६ मे देखि २५ मे सम्म लकडाउन लागु हुनेछ। गत मे ४ गते विहार सरकारको संकट व्यवस्थापन समूहले १० दिन लकडाउन गर्ने निर्णय लिएको थियो।
विहारमा जारी लकडाउन मे १५ गते सकिँदै थियो। तर, लकडाउन गर्दा संक्रमण रोक्न सकारात्मक प्रभाव परेको कारण लम्ब्याइएकाे मुख्यमन्त्री नितिशकुमारले बताए।
'आज मन्त्री र पदाधिकारीहरूसँग विहारमा जारी लकडाउनको स्थितिबारे समीक्षा गरियो। लकडाउनको सकारात्मक प्रभाव देखिएको छ। त्यसैले लकडाउन लम्ब्याउने निर्णय लिइएको हाे,'उनले ट्विटरमा लेखेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।