काठमाडाैं- भारतकाे तमिलनाडु राज्यका मुख्यमन्त्री एमके स्टालिनले काेराेनाविरुद्धकाे लडाइँमा ज्यान गुमाउने फ्रन्टलाइनरलाई जनही २५ लाख भारु दिने घाेषणा गरेका छन्।
बुधबार उनले अहिलेसम्मकाे लडाइँमा ज्यान गुमाउने ४३ जनाकाे परिवारलाई जनही २५ लाख भारु दिने घाेषणा गरेका हुन्।
यस्तै उनले संक्रमितकाे उपचारमा खटिएकालाई पनि पुरस्कृत गरिने बताए।
'कर्तव्य निर्भाह गर्न खटिएका मेडिकल स्टाफहरुलाई उचित इनाम दिइनेछ,' उनले भने,' उनीहरु यस महामारीको समयमा बिरामीहरुको ज्यान बचाउन चौबीसै घण्टा काम गरिरहेका छन्।'
उनका अनुसार चिकित्सककर्मीहरुलाई अप्रिल, मे र जुन महिनाकाे बोनस दिइनेछ। डाक्टरलाई ३० हजार, नर्सलाई २० हजार र अन्य कर्मचारीहरुलाई १५ हजार दिइनेछ।
२० हजार रुपैयाँ प्रशिक्षु डाक्टर र पोस्ट ग्रेजुएट डाक्टरहरुलाई बोनस पनि दिइनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।