काठमाडाैं- सत्तारुढ दल नेकपा एमाले उपमहासचिव एवंम अर्थमन्त्री बिष्णु पौडेलले पार्टी नफुट्ने बताएका छन्। टुक्रिएर गए माधव नेपालपक्षलाई फाइदा नहुने भन्दै उनले पार्टी नफुट्ने दाबी गरेका छन्।
नेपालपक्षका २३ जना प्रतिनिधि सभा सदस्यले पदबाट राजीनामा दिने पत्रमा हस्ताक्षर गरेका छन्। उनीहरुले साेमबार बिहान ९ बजे राजीनामा बुझाउने बताएका छन्।
प्रधानमन्त्री ओलीले आउँदो सोमबार प्रतिनिधि सभामा विश्वासको मत लिने तयारी गरेका छन्। नेपालपक्षले त्यसअघि नै ओलीलाई सरकारबाट हटाउन सजिलो पार्नेगरी राजीनामा पत्रमा हस्ताक्षर गरेको हो।
नेपालपक्षले फागुन २८ को निर्णय खारेज हुनुपर्ने र पार्टीलाई २०७५ जेठ २ कै अवस्थामा फर्काउनुपर्ने माग गर्दै आएको थियो।
यद्यपि जेठ २ मा पुग्न फर्किनै पर्छ भन्ने अवस्था नरहेकाे अर्थमन्त्री पौडेलले बताए। 'जेठ २ मा फर्किनुपर्छ भन्ने छैन। फेरि जेठ २ आउँछ। पार्टी एक हुन्छ,' उनले भने।
आइतबार नेपाल र प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओलीको प्रतिनिधि बनेर आएका नेताहरु सुवासचन्द्र नेम्वार र विष्णु पौडेलबीच छलफल गएकाे थियाे।
यद्यपि एमालेलाई ‘फुट’बाट जोगाउन ‘निर्णायक’ भनिएको वार्ता विनानिष्कर्ष टुंगिएको थियाे।
वार्तामा सांसदहरुको सामूहिक राजीनामाको विषयमा कुरा भएकाे जनाइन्छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।