complimentary FOC Ncell Content Block complimentary FOC Ncell Content Block
Skip This
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज २९, २०८३ Thu, Oct 15, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

नेपालको कुन संविधान कति पटक संशोधन भए ?

64x64
नेपाल लाइभ शनिबार, असोज ३, २०८३  १५:२४
1140x725

काठमाडौं– संविधानविद् डा. विपिन अधिकारीले संविधान संशोधनलाई सडकको राजनीतिको विषय बनाउन नहुने बताएका छन् । संविधान संशोधन आवश्यक भए त्यसलाई लोकतान्त्रिक प्रक्रिया र संवैधानिक मापदण्डभित्र रहेर जिम्मेवार ढंगले अघि बढाउनुपर्ने उनको भनाइ छ ।

अधिकारीले संविधान संशोधन संविधान समाप्त गर्ने प्रक्रिया नभई समयअनुसार त्यसलाई परिमार्जन र अझ स्वीकार्य बनाउने माध्यम भएको बताए । ‘संविधान संशोधन भनेको संविधान मास्ने भनेको होइन । संविधानलाई अझ लोकप्रिय कसरी बनाउने भन्ने विषय हो,‘ उनले भने ।

उनका अनुसार संविधान संशोधन आवश्यक छ वा छैन तथा सीमित संशोधनले मुलुकका थप सम्भावना खोल्न सक्छ कि सक्दैन भन्ने विषय जिम्मेवार राजनीतिक निर्णयबाट तय हुनुपर्छ । त्यसका लागि लोकतान्त्रिक प्रक्रियाप्रति राजनीतिक दलहरूको निष्ठा आवश्यक रहेको उनले बताए ।

सरकारले संविधान संशोधनको नेतृत्व लिनुपर्ने र प्रक्रियामा सबै पक्षलाई समेट्नुपर्ने अधिकारीको भनाइ छ । उनले ताजा जनादेश प्राप्त सरकारको राजनीतिक हैसियतलाई कमजोर पार्ने गरी सडकबाट दबाब सिर्जना गर्नु उचित नहुने बताए ।

‘ताजा जनादेश छ । जथाभावी कुरा गरेर प्रजातान्त्रिक आस्था, विश्वास र हाम्रा संरचनालाई कमजोर गर्नु हुँदैन,‘ उनले भने,‘अहिलेको राजनीतिक शक्ति–हैसियत र देश चलाउने म्यान्डेट अहिलेको सरकारको हो ।’ उनले संविधान संशोधनका नाममा सरकारलाई सडकमा ल्याएर वा राजनीतिक संरचना कमजोर बनाएर आफ्नो उद्देश्य पूरा गर्न खोज्दा लोकतान्त्रिक स्थायित्वमा असर पर्न सक्ने बताए । राजनीतिक नेतृत्वले आफूले पाएको भूमिकाअनुसार जिम्मेवार र सिद्धान्तमा आधारित निर्णय गर्नुपर्ने उनको भनाइ छ ।

अधिकारीले नेपालमा विगतमा संविधान निर्माणका क्रममा विदेशी विज्ञको सहयोग लिनु अस्वाभाविक नभएको बताए । उनका अनुसार संविधानवाद विश्वव्यापी अवधारणा भएकाले आवश्यक ज्ञान जहाँ उपलब्ध हुन्छ, त्यहाँबाट लिन सकिन्छ । तर त्यसको छनोट र प्रयोग नेपालको आवश्यकता र निर्णयका आधारमा हुनुपर्ने उनले बताए ।

‘ज्ञान र विज्ञान देशी–विदेशी हुँदैन,‘ उनले भने,‘हामीले जहाँ पाउँछौं, ल्याउन र प्रयोग गर्न सक्छौं । तर छनोट हाम्रो हुनुपर्छ, डाइग्नोसिस हाम्रो हुनुपर्छ ।’ उनका अनुसार २००४ सालको संविधान निर्माणका क्रममा तत्कालीन राणा प्रधानमन्त्री पद्मशमशेरले भारतबाट विज्ञ झिकाएका थिए । त्यसैगरी २०१५ सालको संविधान निर्माणका क्रममा राजा र बीपी कोइरालाको अनुरोधमा बेलायतका संविधानविद् आइभर जेनिङ्सलाई नेपाल ल्याइएको थियो ।

तर विदेशी विज्ञले दिएको सुझावलाई जस्ताको तस्तै संविधानमा समावेश नगरिएको अधिकारीले बताए । दुवै अवस्थामा नेपाली विज्ञ तथा राजनीतिक पक्षको समेत भूमिका रहेको उनको भनाइ छ ।

Ncell 2
Ncell 2
nimb
nimb

२००४ सालदेखि संविधान निर्माणको यात्रा

अधिकारीका अनुसार २००४ सालको संविधान तत्कालीन राणा प्रधानमन्त्री पद्मशमशेरबाट जारी भएको थियो । उक्त संविधानले राणा शासनका विशेषाधिकारलाई कायम राखे पनि नेपाललाई प्रजातान्त्रिक युगतर्फ लैजाने पहिलो खुड्किलोको काम गरेको उनले बताए ।

२००७ सालको क्रान्तिपछि आएको अन्तरिम शासन विधानले प्रजातान्त्रिक व्यवस्थाका आधारलाई अघि बढाए पनि निर्वाचित संसदको व्यवस्था हुन नसकेको उनले बताए । त्यसपछि २०१५ सालको संविधान आएको र त्यसले संवैधानिक राजतन्त्र, उत्तरदायी मन्त्रिपरिषद्, मौलिक अधिकार तथा निर्वाचित संसदको व्यवस्था गरेको अधिकारीले बताए ।

तर १८ महिनामै राजाले उक्त संविधान खारेज गरेपछि पञ्चायती संविधान आएको उनले बताए । पञ्चायती व्यवस्था करिब तीन दशक चलेपछि २०४७ सालको संविधान आएको र त्यसलाई नेपालको सबैभन्दा प्रजातान्त्रिक संविधानका रूपमा आफूले हेर्ने अधिकारीले बताए ।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

उनका अनुसार २०४७ सालको संविधानले राजालाई संवैधानिक भूमिकामा सीमित गर्दै संसदलाई बलियो बनाएको थियो । माओवादी जनयुद्धपछि उक्त संविधानको अन्त्य हुँदै अन्तरिम संविधान र त्यसपछि संविधान सभाबाट गणतान्त्रिक संविधान निर्माण भएको उनले बताए ।

संविधान संशोधन पटक–पटक हुन सक्छ

अधिकारीले संविधान संशोधन आवश्यकताअनुसार पटक–पटक गर्न सकिने बताए । उनका अनुसार २००७ सालको अन्तरिम शासन विधान ६ पटक, पञ्चायती संविधान तीन पटक र २०६३ सालको अन्तरिम संविधान १२ पटक संशोधन भएको थियो भने २०१५ र २०४७ सालका संविधान संशोधन भएनन् ।

हालको संविधान भने दुई पटक संशोधन भएको उनले बताए । भारतको संविधान सयौं पटक संशोधन भए पनि त्यसले संविधानको मूल प्रणालीलाई समाप्त नगरेको उदाहरण दिँदै नेपालमा पनि आवश्यकताअनुसार क्रमिक सुधार गर्न सकिने अधिकारीको भनाइ छ ।

‘संविधान संशोधन भनेको संविधान मास्ने होइन । संविधानलाई अझ लोकप्रिय कसरी बनाउने भन्ने बारेमा हो,‘उनले दोहो¥याए । उनले संविधान संशोधन गर्दा संवैधानिक मापदण्डलाई भने कुनै हालतमा छाड्न नहुने बताए । ‘जनताका प्रतिनिधिलाई हत्कडी लगाएर संविधान संशोधन हुँदैन । उनीहरूलाई फुक्का राखेर गर्नुपर्छ,‘ अधिकारीले भने ।

प्रकाशित मिति: शनिबार, असोज ३, २०८३  १५:२४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि...
विदेशी मुद्रा सञ्चिति ४० खर्ब नाघ्यो, १७.८ महिनाको वस्तु तथा सेवा आयात धान्ने
भोटेकोशी बाढीपीडितलाई अफ्रिकाबाट २ करोड ११ लाख सहयोग
सम्बन्धित सामग्री
भोटेकोशी बाढीपीडितलाई अफ्रिकाबाट २ करोड ११ लाख सहयोग अफ्रिकामा रहेका नेपाली समुदाय, नेपालका शुभचिन्तक तथा विभिन्न व्यावसायिक प्रतिष्ठानबाट उक्त सहयोग जुटाइएको हो। नगद सहयोगबाहेक ३५ लाख... बिहीबार, असोज २९, २०८३
खगेन्द्र सुनारले दिए पार्टीलाई जवाफ, के छ अनुशासन आयोगलाई पठाइएको पत्रमा ? राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले विवादित अडियो प्रकरणबारे पार्टीको केन्द्रीय अनुशासन आयोगलाई लिखित स्प... बिहीबार, असोज २९, २०८३
राष्ट्रपतिसमक्ष आदिवासी जनजाति आयोगको वार्षिक प्रतिवेदन पेस राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित विशेष समारोहमा आयोगका अध्यक्ष रामबहादुर थापामगरले आर्थिक वर्ष २०८२/०८३ को वार्षिक प्रतिवेदन पे... बिहीबार, असोज २९, २०८३
ताजा समाचारसबै
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
विदेशी मुद्रा सञ्चिति ४० खर्ब नाघ्यो, १७.८ महिनाको वस्तु तथा सेवा आयात धान्ने बिहीबार, असोज २९, २०८३
भोटेकोशी बाढीपीडितलाई अफ्रिकाबाट २ करोड ११ लाख सहयोग बिहीबार, असोज २९, २०८३
दसैंमा कलाकारको व्यस्त तालिका : कोही गाउँतिर, कोही हलतिर बिहीबार, असोज २९, २०८३
पश्चिम नेपालमा वर्षा र चट्याङको सम्भावना, सतर्क रहन आग्रह बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
प्रधानमन्त्री बालेनकाे भारत भ्रमण तय बुधबार, असोज २८, २०८३
खगेन्द्र सुनारले दिए पार्टीलाई जवाफ, के छ अनुशासन आयोगलाई पठाइएको पत्रमा ? बिहीबार, असोज २९, २०८३
कांग्रेस खुला केन्द्रीय सदस्यमा चिरीबाबु महर्जनको अग्रता, कुन उम्मेदवारको कति मत? बिहीबार, असोज २९, २०८३
न्यायाधीश बम हत्याका फरार प्रतिवादी थापा पक्राउ, दुई पेस्तोल र १५ राउन्ड गोली बरामद बिहीबार, असोज २९, २०८३
मलेसियाका लागि प्रस्तावित राजदूत खरेलकाे नाम अस्वीकृत बुधबार, असोज २८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्