काठमाडौं– नेपाली कांग्रेसका सभापति गगन थापाले संविधानका नाममा राजनीतिक ध्रुवीकरण र द्वन्द्व सिर्जना गर्न नहुने बताएका छन्।
काठमाडौं–३० को कांग्रेस वडा कार्यालय पुगेका थापाले संविधानका आधारभूत विषय जोगाउँदै आवश्यक ठाउँमा समयअनुकूल संशोधन गर्नुपर्ने बताए।
‘संविधानको कमा, फुलस्टप पनि परिवर्तन गर्नु हुँदैन भनेर अडिएर बस्ने होइन। अनुभवले सिकाएका कुरा सुधार्नुपर्छ,’ उनले भने।
संविधान संशोधनको प्रक्रिया अपरिपक्व ढंगले नभई सुझबुझका साथ अघि बढाउनुपर्ने बताउँदै थापाले त्यसका लागि कांग्रेसले अन्य दलसँग संवादको नेतृत्व गर्ने बताए।
एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधान बनाउने शक्तिहरू एकजुट हुनुपर्ने बताइरहेका बेला थापाले भने त्यसरी ध्रुवीकरण गर्न नहुने धारणा राखे।
‘संविधानको नाममा कसैलाई घेराबन्दी गर्ने वा ध्रुवीकरण गर्ने कुरा गर्नु हुँदैन,’ उनले भने, ‘रास्वपा पनि चाहिन्छ। सबै मिलेर काम गर्नुपर्छ, अरू विषयमा प्रतिस्पर्धा गर्ने हो।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।