कोलकाता (भारत)- पश्चिम बंगालका मुख्यमन्त्री ममता बनर्जीले मेडिकल उपकरण र औषधि आयातकाे भन्सारमा छुट दिन माेदी सरकारलाई आग्रह गरेकी छिन्।
आइतबार प्रधानमन्त्री नरेन्द्र मोदीलाई पत्र पठाउँदै उनले कोरोनाविरूद्ध लड्न महत्वपूर्ण मेडिकल उपकरण र औषधिमा छुट दिन आग्रह गरेकी हुन्।
'ठूलो संख्यामा संगठन, व्यक्ति र परोपकारी संस्थाहरुले अक्सिजन स्यान्ड्रेटर, सिलिन्डर, कन्टेनर र कोरोना सम्बन्धी औषधिहरू दान दिन चाहेका छन्। यस्तो अवस्थामा धेरै व्यक्तिले भन्सार छुट राज्य सरकारसँग आग्रह गरेका छन्,' उनले पत्रमा लेखेकी छिन्।
उनले मोदीलाई स्वास्थ्य पूर्वाधारलाई सुदृढ पार्न र कोरोना संक्रमित बिरामीहरूको उपचारका लागि उपकरण, औषधि र अक्सिजनको आपूर्ति बढाउन समेत आग्रह गरेकी छिन्।
बंगालमा हालसम्म आठ लाख ३६ हजार काेराेना संक्रमित भइसेका छन्। यस्तै १२ हजार २०३ संक्रमितले ज्यान गुमाएका छन् भने एक लाख २५ हजार उपचाररत छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।