काठमाडाैं- प्यालेस्टाइनका नागरिक र इजरायली प्रहरीबीच शनिबार भएकाे झडप एक प्रहरी अधिकारीसहित थप ९० जना घाइते भएको छन्।
जेरुसलेमको पुरानो सहरको दमास्कस गेटमा आन्दोलनकारीले प्रहरीमाथि ढुंगामुढा गरेका थिए।
स्थिति नियन्त्रणमा लिन इजरायली प्रहरीले पनि रबरको गोली, पानीको फोहोरालगायतका प्रयोग गरेका थिए।
यसअघि शुक्रबार भएको झडपमा दुई सयभन्दा धेरै प्यालेस्टिनी र कम्तीमा १७ इजरायली प्रहरी घाइते भएका थिए।
जेरुसलेममा रहेको अल अक्सा मस्जिद कम्प्लेक्सलाई लिएर दुई समूहबीच झडप हुँदै आएकाे छ।
अल अक्सा मस्जिद कम्प्लेक्स इस्लाम धर्मको सबैभन्दा सम्मानित स्थान हो। तर, यो मस्जिद रहेको स्थान यहुदी धर्मको पनि पवित्र स्थल मानिन्छ। उनीहरुले यसलाई टेम्पल माउण्ट भन्ने गर्छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।