रेवाडी- भारतको हरियाणा राज्यस्थित रेवाडी जिल्लामा बनाइएको कोरोना कारागारबाट १३ कैदी भागेका छन्।
शनिबार राति जेलको ग्रिल काटेर उनी फरार भएकाे अमर उजालाले जनाएकाे छ। समाचारमा जनाइएअनुसार फरार सबै कोरोना संक्रमित हुन्। उनीहरुकाे खोजी भइरहेकाे प्रहरीले जनाएकाे छ।
घटनाको खबर पाउनासाथ एसपी अभिषेक जोरवाल आफैं त्यहाँ पुगेर जानकारी लिइरहेका छन्।
कोरोना संक्रमण व्यापक बनेपछि रेवाडी जिल्लाको फिदेडीमा बनेको नयाँ जेललाई कोरोना कारागार बनाइएको छ।
यहाँ प्रदेशभरका कारागारमा कोरोना संक्रमण पुष्टि भएका करिब ४५० कैदीबन्दीलाई राखिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।