गुवाहाटी- उत्तरपूर्वी भारतीय राज्य आसाममा भारतीय जनता पार्टी (भाजपा)का हिमान्ताविश्व शर्मा नयाँ मुख्यमन्त्री बन्ने भएका छन्।
विधानसभा चुनावको नतिजा आएको छ दिनपछि आइतबार गुवाहटीमा बसेको भाजपाका सासंदहरूको बैठकले आसामका स्वास्थमन्त्रीसमेत रहेका शर्मालाई मुख्यमन्त्री बनाउने निर्णय गरेको हो।
आसामका मुख्यमन्त्री तथा भाजपाका अध्यक्ष सर्वानन्द सोनोवाल र सासंद नन्दिता सर्लोसाले बैठकमा शर्मालाई मुख्यमन्त्री बनाउन सिफारिस गरेका थिए।
शर्मा मुख्यमन्त्री बन्ने भएसँगै सोनोवालले आइतबार गभर्नर जगदीश मुखीलाई राजीनामा बुझाएका छन्।
आसाममा भाजपाले बढी सिट जित्नुमा उनकाे मुख्य भूमिका रहेकाे थियाे। चुनावमा भापजाले १२६ सिटमा ६० सिट जितेको छ।
त्यस्तै, आसाम गन परिषद् (एजीपी)ले ९ र युनाइटेड पिपुल्स पार्टी लिबरल (युपीपीएल)ले ६ सिट जितेको हो।
यद्यपि, चुनावअघि भाजपाले जितपछि मुख्यमन्त्री को बन्ने भन्ने खुलाएको थिएन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।