काबुल- अफगानिस्तानको राजधानीमा काबुलकाे एक विद्यालय बाहिर भएकाे बम विष्फोटमा परी मृत्यु हुनेहरूको संख्या ५० पुगेको छ। विष्फोटमा परी ज्यान गुमाउने धेरै विद्यार्थी ११ देखि १५ वर्षबीचका छन्।
आन्तरिक मन्त्रालयका प्रवक्ता तारिक अरियनका अनुसार शैयद उल सौहादा माध्यमिक विद्यालय बाहिर शनिबार अपराह्न ४ बजे भएको उक्त विष्फोटमा परी १०० भन्दा बढी घाइते भएका छन्।
विद्यार्थीहरु विद्यालय छुट्टी भएर आआफ्ना घरतिर जाँन लाग्दा विष्फोटमा भएको हाे। काबुल प्रहरीका प्रवक्ता फरदौस फरामर्जले एउटा विष्फोटको प्रारम्भिक अवस्था हेर्दा कार बम विष्फोट भएजस्तो देखिएको बताए। अन्य दुई वटा विष्फोट भने बारुदी सुरुङबाट भएको प्रवक्ता फरदौसले बताए।
'म मेरो कक्षाको साथीहरु थियाैं। हामी विद्यालय छुट्टी भएपछि घर जाँदै थियाे। जब अचानक एउटा विस्फोट भयो,' १५ वर्षीया जहराले भनिन्, 'दस मिनेट पछि अर्को विस्फोट भएको थियो र त्यसको केही मिनेट पछि अर्को विस्फोट भयो।'
तालिबानले यस आक्रमणको निन्दा गर्दै जिम्मेवारी अस्वीकार गरेको छ। यस घटनामा इस्लामिक स्टेटको संलग्नता रहेको तालिबानको आरोप छ।
कट्टरपन्थी सुन्नी मुस्लिम समूहले अफगानिस्तानका शियाविरुद्ध युद्धको घोषणा गरेका छ। गतवर्ष अमेरिकाले आईएसलाई उक्त क्षेत्रको प्रसूति अस्पतालमा भएको एउटा क्रूर आक्रमणको लागि दोषी ठहरायो। जसमा गर्भवती महिला र नवजात शिशुलाई मारिएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।