काठमाडाैं– जेरुसलमको एक मस्जिदमा भएको झडपमा १७० भन्दा बढी घाइते भएका छन्। इजरायली प्रहरी र प्यालेस्टेनी धर्माबलम्बीबीच भएको झडपमा ठूलो संख्यामा मानिसहरु घाइते भएको छन्।
इजरायलको अल अक्सा मस्जिदमा भेला भएका मुस्लिम समुदायका धमाबलम्बीले रमादानको अन्तिम दिन प्रार्थनाका क्रममा भएको झडपमा उनीहरु घाइते भएका हुन्।
झडपकै क्रममा प्रदर्शकारीहरुले प्रहरीमाथि बोतल र ढुंगा प्रहार गरेका थिए भने प्रहरीले प्रर्दशनकारीमाथि ग्रेनेड प्रहार गरेको थियो।
घटनामा दर्जनौ प्रहरी घाइते भएको समाचारहरुमा उल्लेख छ।
जेरुसलममा इजरायल र पेलेस्टेनी जनताबीच लामो समयदेखि केही न केही निउँमा झडप हुने गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।