रियो दी जेनेरो- ब्राजिलमा प्रहरी र लागूपदार्थ तस्करबीच गोली हानाहान हुँदा कम्तीमा २५ जनाको मृत्यु भएको छ। घटनामा अन्य चारजना घाइते भएका छन्।
प्रहरीका अनुसार स्थानीय समय अनुसार बिहीबार बिहान रियो दी जेनेरो भएकाे भिडन्तमा गोली लागेर एक प्रहरी अधिकृतको ज्यान गएको छ। मृत्यु हुने अन्य आपराधिक समूहका सदस्यहरु रहेको बताइएकाे छ।
प्रहरीले जाकारेजिन्हो नामको झुपडबस्तीमा लागूऔषधका तस्करहरु लुकेर बसेको भन्ने सूचनाका आधारमा भिषण कारबाही गरेको थियो।
हेलिकप्टरबाट लिइएका तस्वीरहरुमा झुपडबस्तीका धेरै ठाउँमा ग्यास बम बिस्फोट गरिएको र गोली चलेको देख्न सकिन्छ।
यस्तै तस्करहरु घरका छानाबाट भाग्दै गरेका देखिएका छन्।
जाकारेजिन्हो झुपडबस्तीलाई रेड कमान्ड नाम गरेको आपराधिक समूहले आफ्नो अखडा बनाउँदै आएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।