न्यूयाेर्क- अमेरिकाको आयडाहोमा एक बालिकाले बन्दुक चलाउँदा तीनजना घाइते भएका छन्।
रिग्बी मिडल विद्यालयमा ६ कक्षा पढ्ने बालिकाले स्थानिय समयअनुसार बिहान ९:१५ मा गाेली चलाउँदा दुई विद्यार्थी र एक कर्मचारी घाइते भएका हुन् । उनीहरु सामान्य घाइते भएकाे साउथ चाइना मर्निंङ पाेस्टले जनाएकाे छ।
जेफरसन काउन्टी शेरिफ स्टिभ एन्डरसनका अनुसार ती बालिकासँग बन्दुक देखेपछि शिक्षकले खोसेका थिए र पछि प्रहरी आइपुगेका थिए।
ती बालिकाको नाम र उमेर सार्वजनिक गरिएकाे छैन। यद्यपि, उनी नजिकैकाे इडाहो फल्स शहरकाे भएकाे बताइन्छ।
'उनले धेरै राउन्ड गोली चलाइन्,’ एन्डरसनले भने, 'उनले किन गाेली चलाइन भन्ने खुल्न सकेकाे छैन।' उनले थप अनुसन्धानबाट घटनाबारे खुल्ने बताएका छन्।
गोली चल्न थालेपछि विद्यार्थीहरूलाई तत्कालै अभिभावक बोलाएर घर पठाइएको थियो ।
'म र मेरो साथीहरू शिक्षकको साथ कक्षामा थियौं। हामी पढिरहेका थियौं र अचानक यहाँ एक ठूलो चर्को आवाज आयो। त्यसपछि त्यहाँ चिच्याईरहेको थियो,' १२ वर्षीय यान्डेल रोड्रिग्जले भने,'हाम्रा शिक्षक हेर्न जाँदा त्यहाँ उनीहरुलाई रगताम्य अवस्थामा फेला पार्नुभयाे।'
शुक्रबारको कक्षा रद्द गरिएको जेफरसन स्कूल डिस्ट्रिक्ट सुपरइन्टेन्डेन्ट चाड मार्टिनले बताए ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।