काठमाडौं– भारतमा कोरोना कहर जारी छ। पछिल्लो २४ घन्टामा ४ लाख १४ हजार १ सय ८८ संक्रमित थपिएका छन्।
यसका साथ भारतमा कोरोनाका संक्रमित संख्या बढेर ३६४५१६४ पुगेको छ।
पछिल्लो २४ घन्टामा ३ हजार ९ सय १५ जनाको मृत्यु भएको भारतीय स्वास्थ्य मन्त्रालयले जनाएको छ।
अहिलेसम्म भारतमा कोरोनाका कारण २ लाख ३४ हजारको मृत्यु भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।