काठमाडाैं- फिलिपिन्स सरकारले चीनले दिएकाे काेराेना भाइसरसविरुद्धकाे खाेपहरु फिर्ता पठाउने भएकाे छ।
मेडिकल ट्रायलमै रहेकाे काेराेनाविरुद्धकाे खाेप परीक्षणकाे लागि देश भित्र्याइएकाे भन्दै जनताले आलाेचना गर्न थालेपछि सरकारले सबै फिर्ता पठाउन लागेकाे हाे।
चीनले केही समय अगाडि आफ्नाे देशमा निर्मित सिनोभ्याक खोप फिलिपिन्सलाई १ हजार डाेज सहयाेगरुवरुप दिएकाे थियाे।
तर, खाेप ट्रायलकै क्रममा रहेकाे कारण प्रयाेगकर्ताहरु जाेखिममा पर्नेभन्दै सरकारकाे आलाेचना हुन थालेपछि फिलिपिन्सका राष्ट्रपति रोड्रिगो दुतेर्तेले जनतासँग माफी मागका छन्।
'म सबैसामू माफी माग्छु। मैले ठूलो गल्ती गरेको छु। अरुले याे खाेप नलगाउनु हाेला,' उनले भने।
विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)काे नियम निकायका अनुसार खोप बनाउने देशबाहेक आपूर्ति गरिएकाे देशले पनि लगाउनकाे लागि स्वीकृति दिनुपर्छ।
सिनोभ्याक खाेपलाई चीन सरकारले स्वीकृत दिएकाे छ। तर, फिलिपिन्समा अझैसम्म आपतकालीन प्रयाेगका लागि स्वीकृति दिइएकाे छैन।
राष्ट्रपतिले बुधवार टेलिभिजनमा प्रत्यक्ष प्रसार गर्दै यो खोप लगाएका थिए। त्यसपछि जनताहरुले सरकारकाे आलाेचना गरेका थिए।
'हामी चिनियाँ दूतावासलाई खोप फिर्ता गर्दैछौं। यो हाम्रो देशमा स्वीकृति प्राप्त भएको छैन। भविष्यमा चीनले केवल ती खोपहरू पठाउनु पर्दछ जुन यहाँ स्वीकृत छन्,' उनले भने।
चीनले कोरोनाविरुद्धकाे दुई खाेप सिनोफार्म र सिनोभ्याक उत्पादन गर्दै आएकाे छ। तर, विश्व स्वास्थ्य संगठनले यसले प्रयाेगकाे लागि अनुमति दिएकाे छ। तर, यसै हप्ता आपतकालीन प्रयाेगका लागि अनुमति दिनसक्ने सम्भावना रहेकाे छ।
फिलिपिन्स पूर्वी एशियामा कोरोनाद्वारा सर्वाधिक प्रभावित देशमध्ये एक हो। फिलिपिन्समा १० लाख कोरोना संक्रमित छन् र हालसम्म १८ हजारको मृत्यु भइसकेकाे छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।