काठमाडाैं- बंगलादेशी अर्थमन्त्री एएचएम मुस्ताफा कमलले भारतले काेराेनाविरुद्धकाे खाेप नदिए आफ्नाे पैसा फिर्ता माग्ने बताएका छ।
सार्वजनिक खरिदसम्बन्धी मन्त्रिपरिषद्को भर्चुअल बैठकमा उनले अन्तर्राष्ट्रिय सम्झौताअनुसार खोप दिन नसके बंगलादेशले खोप निर्माता सेरम इन्स्टिच्युटसँग पैसा फिर्ता माग्ने बताएका हुन्।
'हामीसँग खाेप दिने लिखित सम्झाैता भएकाे थियाे। तर, खाेप दिन आलटाल गरिरहेका छन्। यदी खोप दिइदैन भन्ने निश्चित भयो भने हामी हाम्रो पैसा फिर्ता लिन्छौँ,' उनले भने।
उनले कुनै देशको अर्को देशसँग यतिकै पैसा लिन नसक्नेसमेत बताए। 'कुनै देश अर्को देशको पैसा खाएर यसरी भाग्दै छ। सबै लिखित सम्झौता गरिएको थियो। यसरी अरुकाे देशकाे पैसा त्यतिकै खान मिल्दैन,' उनले भने।
यसबारे अहिले छलफल चलिरहेकाले सेरमबाट खोप आउँदैन भनेर भन्न नसकिने पनि उनको भनाइ छ। यस्तै, उनले बंगलादेश सरकारले वैकल्पिक माध्यमबाट खाेप खरिद गर्ने तयारी थालेकाे समेत जानकारी दिए।
'यो संवेदनशील मुद्दा हो। सरकारले एकै समयमा वैकल्पिक स्रोतबाट खोप आयात गर्ने कोशिश गरिरहेको छ। सरकार एकल स्रोतमा निर्भर छैन,' उनले भने।
बंगलादेशले सेरमबाट क्षतिपूर्तिको माग्छ कि/माग्दैन भनेर साेधिएकाे प्रश्नमा उनले भने, 'अन्तर्राष्ट्रिय सम्झौतामा के हुनुपर्दछ भन्ने सम्झौतामा सबै कुरा हुन्छ। कृपया यसबारे थप जानकारीको लागि स्वास्थ्य मन्त्रालयमा जानुहोस्।'
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।