दिल्ली- भारतका पूर्वकेन्द्रीय मन्त्री तथा राष्ट्रिय लोकदलका अध्यक्ष चौधरी अजित सिंहको कोरोना संक्रमणबाट निधन भएको छ।
गुरुग्रामको अस्पतालमा उपचारको क्रममा उनको बिहीबार बिहान ८२ वर्षको उमेरमा निधन भएको हो।
अप्रिल २० मा उनी कोरोना भाइरसबाट संक्रमित रहेको पुष्टि भएको थियो। मंगलबार मात्रै चिकित्सकले उनको फोक्सोमा संक्रमण बढेको जानकारी दिएका थिए।
सिंहको निधनको खबर उनका छोरा जयन्त चौधरीले ट्वीट गरेर दिएका हुन्।
‘उहाँले अन्तिमसम्म कोरोनासँग लड्नु भयो र मे ६ को बिहान उहाँले अन्तिम सास लिनु भयो। आफ्नो जीवनकालमा चौधरी साहबले प्रेम र आदर कमाउनु भयो,’ उनले ट्वीटरमा लेखेका छन्।
चौधरीको निधनप्रति प्रधानमन्त्री नरेन्द्र मोदीले ट्वीट गरि दुःख व्यक्त गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।