काठमाडौं–वायु प्रदूषणले बालबालिकामा उच्च रक्तचाप र मुटुसम्बन्धी रोगको खतरा बढाउने अमेरिकन हर्ट एसोसिएसनकोे एक अध्ययनले देखाएको छ।
एसोसिएसनद्वारा हालै प्रकाशित एक अध्ययन प्रतिवेदनमा वायु प्रदूषणबाट बालबालिकामा पर्ने असर चिन्ताको विषय भएको उल्लेख छ।
मुटुसम्बन्धी समस्याका कारण अस्पताल आएका बालबालिकामा वायु प्रदूषणको असर धेरै देखिएको अध्ययनकर्ताले बताएका छन्।
अध्ययनमा अमेरिका, चीन तथा युरोपेली मुलुकका बालबालिका सहभागी रहेको प्रतिवेदनमा उल्लेख गरिएको छ।
बालबालिकामा उच्च रक्तचापका कारण तनावसम्बन्धी समस्या र मुटुसम्बन्धी समस्या देखिने गरेको अध्ययनकर्ताको भनाइ छ।
बालबालिकासम्वन्धी १४ ओटा अध्ययनलाई एकीकृत गरी यो निष्कर्ष निकालिएकाले तुलनात्मकरुपमा यो अध्ययनको गुणस्तर उच्च रहेको उनीहरुको दाबी छ।
अध्ययनमा पाँच वर्ष चार महिनादेखि १२ वर्ष सात महिनासम्मका तीन लाख ५० हजार बालबालिकाको सहभागिता रहेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।