रंगुन- म्यानमारमा बम विस्फाेट हुँदा एक सांसदसहित कम्तिमा पाँच जनाकाे मृत्यु भएकाे छ।
म्यानमार नाउका अनुसार मंगलबार साँझ ५ बजे पश्चिमी बागोको दक्षिणी मध्य गाउँमा भएकाे विस्फाेटमा एक अपहरित सांसद, तीन प्रहरी र एक स्थानिय वासिन्दाकाे मृत्यु भएकाे हाे।
'पार्सल गरिएकाे तीनवटा विस्फोट भएको थियो र त्यसमा आङ साङ सु चीको नेश्नल लिग अफ डेमोक्रेसी पार्टी (एनएलडी)का क्षेत्रीय सांसदका साथसाथै तीन प्रहरी अधिकारी र एक बासिन्दाकाे ज्यान गएकाे छ,' समाचारमा लेखिएकाे छ।
विस्फाेटमा अर्का प्रहरी अधिकारी पनि गम्भीर घाइते भएकाे जनाइएकाे छ। उनकाे स्थानिय अस्पतालमा उपचार चलिरहेकाे छ।
यद्यपि, बम विस्फाेट कसले गरायाे भन्ने खुलेकाे छैन।
यसैबीच, चीन राज्यमा भर्खरै गठित चीनल्याण्ड डिफेन्स फोर्सले मंगलबार आफ्नो फेसबुक पेजमा सेनामाथि गरिएकाे आक्रमणमा कम्तीमा चार सैनिककाे मत्यु भएकाे र १० जना घाइते भएकाे जनाएकाे छ। यद्यपि, सेनाले यसबारे कुनै सूचना जारी गरेकाे छैन।
यता, रंगुनमा एक स्थानीय अधिकारीलाई छुरा प्रहार गरी घाइते बनाइएकाे छ। उनीमाथि कसले छुरा प्रहार गर्याे भन्ने खुल्न सकेकाे छैन।
लोकतन्त्र समर्थकहरूले मंगलबार दोस्रो ठूलो शहर मण्डलेमा विरोध प्रदर्शन गरेका थिए। आन्दाेलनमा सहभागी एक शिक्षकले जुनमा पुन: विद्यालय र विश्वविद्यालय खेल्ने सेनाकाे निर्णय बहिष्कार गर्न आह्वान गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।