काठमाडाैं- न्यूजील्याण्डकी प्रधानमन्त्री जसिन्डा आर्डनले आगामी ग्रीष्म ऋतुमा विवाह गर्ने भएकी छन्।
आर्डनले कोस्ट रेडियोसँग आफूले विवाह गर्न लागेकाे बताएकी हुन्। यद्यपि, विवाहकाे मिति भने सार्वजनिक गरेकी छैनन्।
उनले प्रेमी क्लार्क गेफोर्डसँग विवाह गर्न लागेकी हुन्। गेफोर्ड टेलिभिजन कार्यक्रम प्रस्तोता हुन्। उनीहरू लामो समयदेखि विवाह नगरेपनि सँगै बस्दै आएका थिए। उनीहरूले गत वर्ष छोरी जन्माएका थिए।
४० वर्षीय आर्डनले २०१९ मा इस्टरको बिदामा ४४ वर्षीय गाईफोर्डसँग विवाहकाे कुराे छिनाेफानाे गरेकी थिइन्। उनीहरुले एउटा कार्यक्रममा औँठी साटासाट गरेका थिए।
मिडिया रिपोर्टले उनलाई भनेको छ, 'ग्रीष्म ऋतुमा विवाह हुँदैछ। विवाह परम्परागत हुनेछैन। आर्डन स्वीकार्छिन् उनी दुलही हुन अलि बढी उमेरको महसुस गर्छिन्।'
दुई जनाबीच पहिलो पटक सन् २०१२ मा एउटा पुरस्कार वितरण कार्यक्रममा भेट भएको सञ्चार माध्यमहरूले जनाएका छन्।
आर्डन सन् २०१७ को जुलाईमा विपक्षी नेताको रूपमा पहिलो दिन एउटा टिभी कार्यक्रममा गएकी थिइन्। त्यहीदेखि उनीहरुबीच मायाप्रेम रहेकाे बुझिएकाे छ।
२०१९ मा प्रधानमन्त्रीको पदभार ग्रहण गरेपछि आर्डन न्यूजील्यान्डको सबैभन्दा कान्छी प्रधानमन्त्री बनेकी थिइन् र गर्भवती भएको बेला पद सम्हालेकी थिइन्।
कोरोना महामारी नियन्त्रण लगायतका भूमिकामा उनको प्रशंसा भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।