काठमाडौं– भारतमा पेट्रोल र डिजेलको बुधबारदेखि मूल्यवृद्धि भएको छ।
बुधबार पेट्रोलको मूल्य प्रतिलिटर भारु १९ पैसा र डिजेलको मूल्य भारु २१ पैसा वृद्धि भएको हो।
योसँगै भारतको नयाँ दिल्लीमा पेट्रोल प्रतिलिटर भारु ९०.७४ कायम भएको छ भने डिजेलको मूल्य भारु ८१.१२ पुगेको छ।
यसअघि मंगलबार पनि भारतीय तेल कम्पनीहरुले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेका थिए। मंगलबार पेट्रोलमा ६७ पैसा र डिजेलमा १८ पैसा प्रतिलिटरवृद्धि भएको थियो।
सरकारी स्वामित्वका इन्डियन आयल कर्पोरेसन, बिपिसिएल र एचपिसिएलले गत वर्षको मार्च यता पेट्रोलमा प्रतिलिटर भारु २१.५८ र डिजेलमा भारु १९.१८ ले वृद्धि गरिसकेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।