भारत– पश्चिम बंगालको मुख्यमन्त्रीको रुपमा ममता बनर्जीले तेस्रो पटक शपथ लिएकी छन। आफू पराजित भएपनि उनी नेतृत्वको नेतृत्वको तृणमूल कांग्रेसले विधानसभा निर्वाचनमा जित दर्ता गरेको थियो।
कोरोना संकटका कारण जारी गरिएको गाइडलाइन्सका कारण शपथ ग्रहण समारोहको कार्यक्रम विशेष नबनाइएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन्।
शुक्रबार बनर्जीले एक्लै शपथ लिएकी थिइन्। कोलकतास्थित राजभवनमा बनर्जीलाई राज्यपाल जगदीप धनखण्डले शपथ गराएका थिए।
शपथपछि बनर्जीले आफ्नो प्राथमिकता कोरोनाको विरुद्धको लडाई हुने बताइन्।
नन्दीग्राम चुनाव क्षेत्रमा उनी तृणमूल कंग्रेस छोडेर गएका उनको क्याबिनेटका पूर्वमन्त्री शुभेन्दु अधिकारीसँग पराजित भएकी थिइन्। चुनावमा पराजय व्यहोरेपनि बनर्जी तेस्रो कार्यकालका लागि मुख्यमन्त्री बनेकी हुन्।
भारतीय संविधानले सांसद नभएको व्यक्तिले पनि ६ महिनाका लागि मन्त्रीको शपथ लिन सक्ने व्यवस्था गरेको छ।
बनर्जी अब छ महिनाभित्र विधान सभा सदस्य हुनुपर्नेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।