काठमाडौं– मेक्सिकोको राजधानी मेक्सिको सिटीमा मेट्रो ट्रेन दुर्घटनामा परेको छ। ओभरपास भत्किएर ट्रेन सडकमा खस्दा कम्तीमा १५ जनाको मृत्यु भएको समाचारहरुमा उल्लेख छ।
सोमबार राति मेट्रो ट्रेन गुडिरहँदा ओभरपास भत्किएर भएको दुर्घटनामा परी ७० जना घाइते भएको समाचारहरुमा उल्लेख छ।
मेक्सिको सिटीका मेयर क्लाउडिया शिनबौमले १५ जनाको मृत्यु भएको र केही व्यक्ति घाइते भएको पुष्टि गरे।
स्थानीय टिभीले प्रसारण गरेको दृश्यअनुसार ट्रेन ओभरपास मुनि सडकमा गुडिरहेका कारहरूमाथि खसेको देखिन्छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।